Kathmandu Press

फिफा वरीयतामा नेपाल एक स्थान तल झरेर १०१औं स्थानमा

फिफा वरीयतामा नेपाल एक स्थान तल झरेर १०१औं स्थानमा

काठमाडौं, भदौ ४ : विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।  

फिफाद्वारा शुक्रबार जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १००औँ स्थानमा थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ।

नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ। विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ।

त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौं, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा छ।

प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्