Kathmandu Press

पहिरोमा परी पर्वतमा एक र रसुवामा चारजनाको मृत्यु 

पहिरोमा परी पर्वतमा एक र रसुवामा चारजनाको मृत्यु 

काठमाडौं, भदौ ४ : पर्वत र रसुवामा गएकाे पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ।

पर्वतको जलजला गाउँपालिका-३ कालीपुलस्थित रारा अटो मोबाईल एन्ड हरी अटो पार्टस ग्यारेजमा बिहीबार साँझ पहिरो जाँदा पहिरोमा पुरिएर ग१ज ६६३२ नम्बरको जिप चालक म्याग्दी अन्नपूर्ण गाउँपालिका-८ बस्ने ३८ वर्षीय टेकमान गर्भुजाको मृत्यु भएको छ।

Hardik ivf

साथै पहिरोमा पुरिएर घाइते भएका सोही ग्यारेजमा काम गरिरहेका भारत बिहार घर भएका १८ वर्षीय शाही तुला अन्सरी र धनुषा औरही घर भएका ३५ वर्षीय राजिब ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल म्याग्दी पठाइएको छ। 

त्यस्तै रसुवाको नौकुण्ड गाउँपालिका-५ कोलडाँडा बस्ने श्यामबहादुर तामाङको घरमा बिहीबार दिउँसो पहिरो जाँदा पहिरोमा पुरिएर उनकै पत्नी ३२ वर्षीया कमला गलान र छोरी ११ वर्षीया सोफिका गलान, आठ वर्षीया सुकमाया गलान र छोरा सात वर्षीय आशिष गलानको मृत्यु भएको छ।

साथै पहिरोमा परेर गम्भीर घाइते भएका श्यामबहादुरलाई त्रिशूली अस्पताल हुँदै थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको प्हरीले जनाएको छ। 

तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरेको थियो।
 

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्