मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा तीनजना पक्राउ
बाँके, भदौ ४ : कोहलपुर नगरपालिका–११ स्थित बसपार्कस्थित सडकमा मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा तीनजनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा...
बाँके, भदौ ४ : कोहलपुर नगरपालिका–११ स्थित बसपार्कस्थित सडकमा मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा तीनजनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ बस्ने २० वर्षीय सुन्दर मल्ल र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी गरेको भे३प ६००४ नम्बरको एक थान मोटरसाइकल, मोटरसाइकलको एक थान हेड लाइट, एक थान ट्याङ्की कभर, एक थान स्क्रु ड्राईभर, एक थान रेन्ची, सात थान मोटरसाइकल स्टिकर, तीन थान मोबाईल सहित फेला पारी पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १३ ट्याब्लेटसमेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












