पहिरो पन्छाएपछि भीमदत्त राजमार्ग सुचारु
काठमाडौं, भदौ ४ : बिहीबार रातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र...
काठमाडौं, भदौ ४ : बिहीबार रातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ। दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए।
प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












