लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ
लहान, भदौ ४ : प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा लहान नगरपालिका-२४ का १८ वर्षीय मनदीप विश्वकर्मा,...
लहान, भदौ ४ : प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लहान नगरपालिका-२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका-५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन्।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए।
प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











