Kathmandu Press

आधारभूत मानवीय मापदण्डअनुसार व्यवहार गर्नुपर्नेमा जोड 

काठमाडौं, भदौ ४ : विपद् वा द्वन्द्वबाट प्रभावित व्यक्ति वा समुदायलाई आधारभूत मानवीय मापदण्डका सिद्धान्तअनुसार व्यवहार गर्नुपर्नेमा जोड दिइएको छ। विश्व मानवीयता दिवसका अवसरमा...
आधारभूत मानवीय मापदण्डअनुसार व्यवहार गर्नुपर्नेमा जोड 

काठमाडौं, भदौ ४ : विपद् वा द्वन्द्वबाट प्रभावित व्यक्ति वा समुदायलाई आधारभूत मानवीय मापदण्डका सिद्धान्तअनुसार व्यवहार गर्नुपर्नेमा जोड दिइएको छ। 

विश्व मानवीयता दिवसका अवसरमा आयोजित भर्चुअल गोष्ठीका वक्ताहरुले विपद्को समयमा पीडितको मानव अधिकार र मानवीय मूल्यलाई ख्याल गरी यस मापदण्डअनुसार सहायतालाई अझ बढी प्रभावकारी र व्यवस्थित गर्न तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था र अन्य सरोकारवाला निकायहरु अझ जिम्मेवार र उत्तरदायी हुनुपर्ने धारणा राखे। 

Hardik ivf

एसियाली विपद् पूर्वतयारी केन्द्रका राष्ट्रिय प्रतिनिधि मानबहादुर थापाले आधारभूत मानवीय मापदण्डको कार्यान्वयनबाट विपद्मा परेका समुदायलाई प्रभावकारी ढङ्गबाट मानवीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए। उनले यस मापदण्डलाई कार्यान्वयन गर्न तर्जुमा गरिएका आधारभूत मानवीय मापदण्ड मूल्याङ्कन उपकरण, संस्थागत क्षमता मूल्याङ्कन उपकरण र संस्थागत संलग्नता स्व–मूल्याङ्कन उपकरणको महत्व र उपयोगिताका बारेमा प्रकाश पारे। 

डिपिनेट नेपालका अध्यक्ष सूर्यबहादुर थापाले नेपाल प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेकाले यस्ता विपद्जन्य घटनामा आधारभूत मानवीय मापदण्डलाई पालना गर्न सकिएमा पीडितले न्याय पाउनसक्ने बताए।  डिपिनेट नेपालका सचिव डा राजु थापाले नेपालमा सामाजिक सुरक्षा र मानवीय सहायतामा सामाजिक सुरक्षाको प्रयोग तथा मानवीय मापदण्डलाई स्थानीयकरण गर्दाको अनुभवका बारेमा कार्यपत्र प्रस्तुत गरे। 

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन विज्ञ सुनील शाक्यले आधारभूत मानवीय मापदण्डसम्बन्धी तालीम निर्देशिकाका बारेमा प्रकाश पार्दै विपद् जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका विभिन्न आयामहरुका बारेमा जानकारी दिए। 

राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले आधारभूत मानवीय मापदण्ड र बाढीको विपद्मा यसको अभ्याससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै मेलम्ची बाढीमा स्थानीय तह, गैरसरकारी संस्था र निजी क्षेत्रको भूमिकासम्बन्धी स्थलगत अध्ययनको निष्कर्ष सुनाए।  

एशियाली विपद् पूर्वतयारी केन्द्रको सहयोगमा सञ्चालित एसियाली पूर्वतयारी साझेदारी कार्यक्रमअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्रले विश्वका विभिन्न देशको अनुभवका आधारमा तयार पारिएको आधारभूत मानवीय मापदण्डलाई कार्यान्वयन गर्न विभिन्न तीनवटा सामग्री निर्माण गरेको छ। 

विपदमा मानवीय पीडा हुनबाट बचाउन र कम गर्न संस्था र व्यक्तिहरुले मानवीय प्रतिकार्यको गुणस्तर एवं प्रभावकारिताको सुधारका लागि विभिन्न नौवटा प्रतिबद्धतामा जोड दिइएको छ। 

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्