Kathmandu Press

जापानबाट भोलि ६ लाख डोज एस्ट्राजेनेका खोप आउदै

काठमाडौं, भदौ ४ : जापानले अनुदानमा दिएको ६ लाख डोज अस्ट्राजेनेका खोप भोलि काठमाडौं पुग्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जापानले अनुदानमा...
जापानबाट भोलि ६ लाख डोज एस्ट्राजेनेका खोप आउदै

काठमाडौं, भदौ ४ : जापानले अनुदानमा दिएको ६ लाख डोज अस्ट्राजेनेका खोप भोलि काठमाडौं पुग्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जापानले अनुदानमा दिएकाे ६ लाख डोज शनिबार ल्याउन लागिएकाे हो।

जापान प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म एक करोड १६ लाख मात्रा खोप आइसकेको छ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ। त्यस्तै, चैतमसम्म लक्षित सबैलाई खोप लगाउने कार्ययोजना छ।

शुक्रबारसम्म ४७ लाख ८५ हजार नौ सय दुई जनालाई पहिलो डोज र ३६ लाख ४९ हजार सात सय ६० जनालाई पूर्ण खोप लगाइएको छ।

प्रकाशित मिति: ०७:१९ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्