Kathmandu Press

मानिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

ललितपुर, भदौ ३ : दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका-२ मा अवस्थित गाउँपालिकास्तरीय मानिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ।पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाको विशेष पहलमा...
मानिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

ललितपुर, भदौ ३ : दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका-२ मा अवस्थित गाउँपालिकास्तरीय मानिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ।

पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाको विशेष पहलमा ल्याइएको तीन थान अक्सिजन ग्याससहित सिलिन्डर र एक थान अक्सिजन कन्सन्टेटर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले संयुक्त रूपमा आज अस्पतालका डा. अमीर बर्तौलालाई हस्तान्तरण गरे।

कार्यक्रममा राणाले मुलुकमा बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखी सो उपकरण बिरामीको स्वास्थ्यमा निकै सहयोग पुग्ने विश्वासका साथ दिइएको धारणा राखे।

डा. बर्तौलाले अस्पतालले सो सामग्रीको उचित प्रयोग गरी सेवा पु¥याउने बताए। उनले भने, ‘आजसम्म हामीले अस्पतालबाट ८५ भन्दामाथि कोभिडका बिरामीलाई सफल उपचार गरी घर पठाइसकेका छौं।’ 

अस्पतालमा १६ शय्याको सुविधा रहँदा अति नै निम्न वर्ग र उमेर ढल्किसकेका केही व्यक्तिलाई भने आर्थिक अवस्था हेरी निःशुल्क औषधिका साथै खानाको समेत व्यवस्था गरिदिएको र बाँकी अन्यलाई सःशुल्क उपचार गरी पठाइएको बर्तौलाले बताए। 

कार्यक्रममा केही दिनपहिले वाग्मतीको गाउँपालिकास्तरीय अस्पताल, गोदावरीको बज्रबाराही चापागाउँ अस्पताल, लेले र बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत स्वास्थ्य उपकरण सहयोग गरिसकेको बताइएको थियो।

सो अस्पतालमा महाङ्कालका छ वडाका मानिसले सेवासुविधा लिँदै आएका छन्। हाल पनि आठ कोरोना सङक्रमितको उपचार भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए।

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्