दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’
काठमाडौं, साउन ३ : दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन्।अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ...
काठमाडौं, साउन ३ : दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन्।
अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईं र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत भएका हुन्।
विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्याएबापत उनीहरुलाई भारतको ७५औं स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ।
दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेको हो।
अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा. विष्णु पाण्डेयले वितरण गर्दै आएका छन्।
प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1783580717.jpeg)
