तीनजना मृत अवस्था भेटिए
काठमाडौं, भदौ ३ : दाङ, कैलाली र चितवनमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।दाङको घोराही उपमहानगरपालिका-२ साईपुर बस्ने ७२ वर्षीय ईश्वरी प्रशाद रेग्मी...
काठमाडौं, भदौ ३ : दाङ, कैलाली र चितवनमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।
दाङको घोराही उपमहानगरपालिका-२ साईपुर बस्ने ७२ वर्षीय ईश्वरी प्रशाद रेग्मी सोही ठाउँस्थित जंगलको बाँधमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
कैलालीको घोडाघोडी नगरपालिका-५ सरैयास्थित कान्द्र नदीमा सोही ठाउँ बस्ने ५५ वर्षीया हीरादेवी साउद बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारी बस्ने ४३ वर्षीय गणेश तामाङ सोही ठाउँस्थित काली मन्दिरको कलबड मुनि पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
चितवनको भरतपुर महानगरपालिका(१ पुलचोकमा हाल नाम, थर, वतन नखुलेकी करिब २७ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











