काठमाडौंको पैंयुटारबाट बुद्धको मूर्ति चोरी

काठमाडौं, भदौ ३ : काठमाडौंकाे पैंयुटारबाट बुद्धको मूर्ति चोरी भएको छ।
काठमाडौं महानगरपालिका-११ पैंयुटार पिपलबोटस्थित शान्ति स्तुपाको बाहिरतर्फ छतमा राखिएको १० केजी वजन र १ फिट उचाइको पित्तलमा सुनको जलप भएको बुद्धको मूर्ति बुधबार राति चोरी भएको हो।
चोरीमा संलग्न भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाकएको छ।
प्रकाशित मिति: १७:२० बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












