Kathmandu Press

तपाईंको मास्क खोइ अभियान : २१,८४३ जनालाई निःशुल्क मास्क

काठमाडौं, भदौ ३ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २१ हजार...
तपाईंको मास्क खोइ अभियान : २१,८४३ जनालाई निःशुल्क मास्क

काठमाडौं, भदौ ३ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ४३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख ९५ हजार ४ सय ४३ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खोइ’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ३४ जनालाई १३ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ।

त्यसक्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ६ सय १० जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय ७३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २३ हजार ५ सय ९४ जनालाई सचेत गराइएको छ।
 

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्