Kathmandu Press

जनैपूर्णिमा, गाईजात्रा पर्व सांकेतिक रूपमा मनाउन काठमाडौं प्रशासनकाे अनुरोध

 काठमाडौं, भदौ ३ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदै गरेका जनैपूर्णिमा, गाईजात्रा, ऋषितर्पणीलगायत पर्व सांकेतिक रूपमा मनाउन अनुरोध गरेको छ।कोभिड-१९ को संक्रमणदर र जोखिम...
जनैपूर्णिमा, गाईजात्रा पर्व सांकेतिक रूपमा मनाउन काठमाडौं प्रशासनकाे अनुरोध

 

काठमाडौं, भदौ ३ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदै गरेका जनैपूर्णिमा, गाईजात्रा, ऋषितर्पणीलगायत पर्व सांकेतिक रूपमा मनाउन अनुरोध गरेको छ।

कोभिड-१९ को संक्रमणदर र जोखिम अझै उच्च नै रहेकाले यस्ता पर्व सांकेतिक रुपमा मात्र मनाउन काठमाडौं प्रशासनले आग्रह गरेको हो।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार एक सूचना जारी गरेर काठमाडौं जिल्लामा साउन २८ देखि भदौ ८ सम्म निषेधाज्ञा जारी रहेको स्मरण गराउँदै सोही अवधिमा ती पर्व पर्ने भएकाले सांकेतिक रुपमा मनाउन अनुरोध गरेका हुन्। 

उनले स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी परम्परागत रुपमा सांकेतिक तवरले पर्व मनाउन र भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्