Kathmandu Press

स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुईजना पक्राउ 

रौतहट, भदौ ३ : स्रोत नखुलेको भारतीय रुपैयाँसहित रौतहतमा दुईजना पक्राउ परेका छन्।रौतहटको ईशनाथ नगरपालिका-१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख...
स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुईजना पक्राउ 

रौतहट, भदौ ३ : स्रोत नखुलेको भारतीय रुपैयाँसहित रौतहतमा दुईजना पक्राउ परेका छन्।

रौतहटको ईशनाथ नगरपालिका-१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँसहित गौर नगरपालिका-४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनीलगायत दुईजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा३९प १६९१ नम्बरको मोटरसाइकललाई सीमा प्रहरी चौकी बन्जराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो। 

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्