Kathmandu Press

पोखरीमा डुबेर दुईजनाको मृत्यु

पोखरीमा डुबेर दुईजनाको मृत्यु

काठमाडौं, भदौ ३ : सप्तरी र धनुषामा पानीमा डुुबेर दुईजनाको मृत्यु भएको छ।

सप्तरीको महदेवा गाउँपालिका-४ डाडाटोल बस्ने सुवन कामैतकी छोरी पाँच वर्षीया सोनमकुमारी कामैतको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यस्तै धनुषाको विदेह नगरपालिका-१ ठाडी बस्ने राजेश भगतका छोरा ५ वर्षीय जयकुमार भगतको डुबेर बुधबार दिउँसो मृत्यु भएको छ।

आफ्नै हजुर आमासँग खेतमा जाने क्रममा खेतमा रहेको खाल्डोको पानीमा डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्