Kathmandu Press

विदेशबाट फर्केका युवा बङ्गुरपालन व्यवसायमा

कञ्चनपुर, ३ भदौ : विदेशबाट फर्केका शुक्लाफाँटा नगरपालिका–३ का युवा बङ्गुरपालन व्यवसायमा संलग्न हुन थालेका छन्। बङ्गुरबाट गतिलो आम्दानी हुने भएकाले उनीहरूले फार्म नै...
विदेशबाट फर्केका युवा बङ्गुरपालन व्यवसायमा

कञ्चनपुर, ३ भदौ : विदेशबाट फर्केका शुक्लाफाँटा नगरपालिका–३ का युवा बङ्गुरपालन व्यवसायमा संलग्न हुन थालेका छन्। बङ्गुरबाट गतिलो आम्दानी हुने भएकाले उनीहरूले फार्म नै दर्ता गरेर पाँच लाखदेखि  १० लाख रूपैयाँसम्म लगानी गरेर यो व्यवसाय  गरेका हुन्। 

विगतमा काठको खोरमै हिलो बताएर  बङ्गुर पालन गरिँदै आएकामा उनीहरूले आधुनिक तरिकाको खोर निर्माण गरी फोहर सजिलै सफा गर्न सकिने गरी काम गर्दै आएका छन्। वडा नं ३ मा मात्रै व्यावसायिकरूपमा फार्म दर्ता गरी बङ्गुर पाल्ने युवाको सङ्ख्या आधा दर्जनभन्दा बढी छ।

रु १० लाखको लगानीमा व्यवसाय सञ्चालन गरेका दीपक चौधरीका फार्ममा २० उन्नत जातका बङ्गुर छन्। दुबई र कतारमाचार वर्ष बसेर फर्किएका उनले स्वदेशमै स्वरोजगार हुन यो व्यवसाय अपनाएको बताए। ‘बङ्गुरपालनबाट चाहेजस्तै आम्दानी लिन सकिने भएकाले यसलाई व्यावसायिक बनाएका छौँ,’ चौधरीले भने, ‘सुरुआतमा थोरै बङ्गुरका पाठा खरिद गरी फार्ममा ल्याएर पाल्न थालिएकामा  भविष्यमा यसलाई अझ विस्तार गर्ने योजना छ।’ 

Hardik ivf

‘विदेशमा छँदा १२ देखि १८ घण्टासम्म काम गर्नुपर्दथ्यो तर यहाँ दैनिक चार घण्टा समय दिन सके पनि यस व्यवसायबाट गतिलो आम्दानी लिन सकिन्छ,’ उनले भने, ‘घरमै बसीबसी व्यवसाय गर्दा वैदेशिक रोजगारीबाट आउनेभन्दा बढी कमाउन सकिन्छ। परिवारका अन्य सदस्यले पनि सहयोग गर्ने भएकाले बढी श्रम गर्नुपर्ने अवस्था पनि छैन।’

कतार गएर फर्किएका गोपाल चौधरीले पनि यही व्यवसाय अपनाउँदै आएका छन्। छ महिना अघिदेखि बङ्गुरपालन गर्दै आएका उनले अहिलेसम्म बङ्गुर बिक्रीबाट रु दुई लाख आम्दानी गरिसकेका छन् । ‘बङ्गुरका लागि चारो र अन्य व्यवस्थापनमा वर्षमा रु २५ हजार जति खर्च लाग्ने गरेको छ,’ उनले भने, ‘थोरै खर्चमा धेरै आम्दानी लिन सकिने भएकाले यही व्यवसाय रोजेको हूँ ।’

वैदेशिक रोजगारमा छँदा महिनाको रू ३० हजार जति तलब पाइन्थ्यो, थोरै तलब त खाना र कपडामा खर्च गरी  मुस्किलले रू १५ हजार जति बचाउन सकिने चौधरीले बताए। ‘बचेको थोरै रकम मात्रै घर पठाउने गरेको थिएँ, त्यसले घर खर्च चलाउन मुस्किल थियो,’ उनले भने, ‘यहाँ फर्केपछि गाउँकै समूहबाट केही रकम कर्जा लिई घरमै बङ्गुरपालन व्यवसाय अपनाइएकाले आर्थिकरूपमा सक्षम हुँदै जान थालेको छु ।’

यो व्यवसाय गरेका धेरै व्यक्तिका अनुभव सुनेर र बङ्गुर फार्म अवलोकन गरेपछि  व्यावसायिक बनाइएको उहाँको भनाइ थियो। थोरै परिश्रममा राम्रै आम्दानी हुने भएकाले धेरैको बङ्गुरपालन नै रोजाइमा पर्न थालेको छ। यस व्यवसायमा संलग्न देवीलाल चौधरी बङ्गुरपालनबाट घर खर्च सहजरूपमा चल्न थालेको बताउँछन्।

कतारमा दुई वर्ष काम गरेर बचत गरेको रकम बङ्गुरपालनमै उनले लगानी गरेका छन्। बङ्गुरका पाठा मात्रै रु दुई हजारदेखि रू तीन हजारमा बिक्री हुने गरेको छ। व्यापारीले फार्ममै आएर बङ्गुर लैजाने भएकाले बजार खोज्नुपर्ने झन्झटसमेत नभएको देवीलाले बताए।

‘विदेशमा जस्तो अरुले अह्राएको काम गर्नुपरेको छैन,’ उनले भने, ‘आफैँ मालिक आफैँ नोकर भएर आफ्नै फार्ममा काम गर्नुपर्दा आनन्द लाग्छ ।’ चितवन र बर्दियालगायत क्षेत्रबाट उन्नत जातका पाठा ल्याएर ती युवाले बङ्गुरपालन गरेका हुन् । धानको ढुटो, कनिका, मकैको ढुटो, फिसमील तथा वोनमिल भिटामिन र हरियो घाँस चारोका रूपमा बङ्गुरलाई खुवाइन्छ।

यहाँका फार्ममा स्थानीय जातदेखि उन्नत जातका बामपुडके, हुर्रायो, पाख्रीबास, कालो च्वाचे, ल्याडोरेस, योर्कसायर, ह्याम्पसायर, डयुरोकलगायत बङ्गुर छन्। एकपटकमा बङ्गुरले १० देखि १२ सम्म पाठापाठीलाई जन्म दिने गरेको छ। पाठापाठीलाई चार महिनासम्म हुर्काएपछि बेच्नका लागि तयार हुन्छ। फार्ममा चाहिनेजति राखेर बाँकी बिक्री गरिन्छ। 

केही युवाले पोखरी निर्माण बङ्गुरसँगै माछापालनलाई समेत निरन्तरता दिएका छन्। बङ्गुरको फार्म सफा गरेको पानी पोखरीमा हाल्ने व्यवस्था गरिएकाले माछाका लागि चाहिने चारो त्यसबाटै हुने गरेको अर्का व्यवसायी गेदुराम चौधरीले बताए। बङ्गुरको मासु अरुको तुलनामा सस्तो भएकाले बजारमा यसको माग अधिक छ। व्यवसायी  युवाले अहिलेसम्म सरकारी निकायबाट अनुदान भने पाएका छैनन्।

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्