Kathmandu Press

अवैध रूपमा ल्याइएका चाँदीका गरगहनासहित एकजना पक्राउ

अवैध रूपमा ल्याइएका चाँदीका गरगहनासहित एकजना पक्राउ

बारा, भदौ ३ : भारतबाट अवैध रूपमा ल्याइएका चाँदीका गरगहनासहित वीरगन्जमा बिहीबार बिहान एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले पर्सा वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटमा शंकास्पद रूपमा पैदल हिंडिरहेका अवस्थामा तलासी लिँदा सोनार पक्राउ परेका हुन्।

सोनारले बोकेको कालो साइड ब्यागभित्र चाँदीजस्तो देखिने धातुबाट बनेको तयारी गरगहना ६ केजी १ सय ६८ ग्राम  फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

सोनारलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने उनले बताए।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्