Kathmandu Press

सङ्खुवासभामा पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण

सङ्खुवासभा, भदौ ३ : सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ। श्रम र समयको बचत हुनाका साथै सीमित...
सङ्खुवासभामा पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण

सङ्खुवासभा, भदौ ३ : सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ। श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने  भएकाले सो उपकरण वितरण गरिएको हो। 

किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न अनुदानमा मिनीटिलर वितरण गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए। उनले लगानी खेर नफाली उत्पादन वृद्धि गर्दै आर्थिक उपार्जनतर्फ लाग्न आग्रह गरे।

मिनीटिलर पाएर गोरुलाई खुवाउने खर्च बचतका साथै काम गर्न पनि सहज भएको वडा नं ९ का राजेन्द्र खत्रीले बताए। छनोट भएका ११ वडाका ३३ किसानलाई एउटैको रु ४४ हजार ५०० पर्ने मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण  गरिएको नगरका कृषि शाखा प्रमुख दिपेन काफ्लेले जानकारी दिए।
 

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्