स्वयम्भूका दुई आँखा... (फोटो फिचर)
काठमाडौं उपत्यकाको भ्यू टावरसमेत मानिन्छ, स्वयम्भूनाथ परिसरलाई । विश्व सम्पदामा सूचीकृत नेपालको पुरानो सम्पदा पनि हो यो, जहाँबाट काठमाडौं उपत्यकाको विहंगम दृश्य देख्न सकिन्छ ।काठमाडौं, भदौ ३ : स्वयम्भू । काठमाडौंको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्य । बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र । यही आस्था केन्द्र रंग्याउन व्यस्त छन् यतिबेला कामदार ।
काठमाडौं उपत्यकाको भ्यू टावरसमेत मानिन्छ, स्वयम्भूनाथ परिसरलाई । विश्व सम्पदामा सूचीकृत नेपालको पुरानो सम्पदा पनि हो यो, जहाँबाट काठमाडौं उपत्यकाको विहंगम दृश्य देख्न सकिन्छ ।
स्वयम्भु पुराणअनुसार प्राचीन कालमा काठमाडौं उपत्यकामा ठूलो ताल थियो । सोही तालमा कमलको फूल उत्पत्ति भएको थियो । त्यसपछि यसको नाम स्वयम्भू रहन गएको हो भन्ने किंवदन्ती छ । त्यसको अर्थ हुन्छ, स्वयं उत्पत्ति भएको भूमि ।
स्वयम्भू महाचैत्यलाई विदेशी पर्यटकले ‘मंकी टेम्पल’को उपमा पनि दिएका छन् । मन्दिरको उत्तर–दक्षिण भेगतिर प्रशस्त बाँदर पाइनु त्यसको कारण हो ।
जनश्रुतीअनुसार बोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देखे र त्यहाँ पुगेर पूजा गरे । उनले त्यसक्षेत्रमा मानिसको बसोबास गराउन सकिने ठानेर चोभारको डाँडो काटी उपत्यकाको पानीलाई निकास दिए । अनि काठमाडौं उपत्यकामा मानव बसोबास सम्भव भएको मान्ने गरिन्छ ।
उपत्यकाको पश्चिमतर्फस्थित पद्मकण्ठ गिरिको थुम्कोमा अवस्थित छ, स्वयम्भूनाथ महाचैत्य । उपत्यकालाई निरन्तर नियालिरहेका स्वयम्भूनाथका दुई आँखाले न्याय–अन्याय छुट्याउने गरेको जनविश्वास पनि पाइन्छ । हजारौँ वर्षदेखि यसरी न्याय–अन्याय नियाल्दै गजधम्म परेर बसेको छ स्वयम्भूनाथ महाचैत्य ।