Kathmandu Press

पहिरोमा पुरिएर एक जनाको मृत्यु

नुवाकोट, भदौ ३ : नुवाकोटको बेलकोटगढी नगरपालिका-५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक जनाको मृत्यु भएको छ।घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३...
पहिरोमा पुरिएर एक जनाको मृत्यु
फाइल फोटो

नुवाकोट, भदौ ३ : नुवाकोटको बेलकोटगढी नगरपालिका-५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक जनाको मृत्यु भएको छ।

घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो गएको थियो। पन्छाउने क्रममा थप पहिरो खसेको र त्यसले पुरेको थियो।

पहिरोले पुरिएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ।

पहिराले घरसमेत जोखिममा रहेको छ। स्थानीय बासिन्दा घरका सरसामान सुरक्षित स्थानमा सार्न थालेका छन्।

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्