बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु
धादिङ, भदौ ३ : बसले ठक्कर दिँदा धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह भदुवारमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।दुर्घटनामा मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका...
धादिङ, भदौ ३ : बसले ठक्कर दिँदा धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह भदुवारमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका ३ रिजालथोककी ३५ वर्षीया सुशीला भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता जागेश्वर भण्डारीले बताए।
मलेखुतर्फबाट धादिङबेसी आउदै गरेको बा १६ प ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउदै गरेको बा ५ ख १२५० नम्बरको बसले ओभर टेक ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा भुजेल घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि धादिङ अस्पताल ल्याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
बस र मोटरसाइकल तथा बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०६:४५ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











