Kathmandu Press

थारु भाषाको मानक लेखन निर्देशिका तयार

काठमाडौं, भदौं २ : थारु भाषाको मानकीकरणका लागि थारु मानक लेखन निर्देशिका तयार भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरका भाषा विशेषज्ञ...
थारु भाषाको मानक लेखन निर्देशिका तयार

काठमाडौं, भदौं २ : थारु भाषाको मानकीकरणका लागि थारु मानक लेखन निर्देशिका तयार भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरका भाषा विशेषज्ञ प्रा.डा. दानराज रेग्मी र डा. नेत्रमणि दुमी राईको विशेष निगरानीमा लेखन निर्देशिका तयार गरिएको हो ।

थारु आयोग र थारु कल्‍याणकारिणी सभाको समन्वयमा भक्तपुरको बोडेमा आयोजित चार दिने कार्यशाला गोष्ठीबाट १२ बुँदे निष्कर्षसहित थारु मानक भाषा लेखन निर्देशिक तयार भएको थारु आयोगका अध्‍यक्ष विष्णु चौधरीले जानकारी दिए ।

थारु भाषा मानकीकरणको पहिलो खुड्किलोको काम भएको उनको भनाइ छ । गोष्ठीले थारु भाषाको मानकीकरण गर्दा थारु लिपी पत्ता नलागेसम्म देवनागरी लिपी प्रयोग गर्ने र थारु लिपी खोजी जारी राख्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: १९:२६ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्