Kathmandu Press

गुरुङको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

गुरुङको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, भदौं २ : नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले  पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको निधनप्रति दुुःख व्यक्त गरेका छन् ।

उनको ९२ वर्षको उमेरमा मङ्गलबार निधन भएको हो । प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्ति जारी गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ निवासी गुरुङको निधनबाट प्रधानमन्त्री देउवाले एक अग्रज व्यक्तित्व गुमाएको बताएका छन् । 

प्रकाशित मिति: १८:४२ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्