भूपू गोर्खा सैनिकले बिहीबारदेखि काठमाडौंमा अनशन थाल्ने
काठमाडौं, भदौ २ : सरकारले भूतपूर्व गोर्खाहरूको माग पूरा गराउन बेलायतसँग कूटनीतिक पहल नगरेको भन्द भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके-नेपालले...
काठमाडौं, भदौ २ : सरकारले भूतपूर्व गोर्खाहरूको माग पूरा गराउन बेलायतसँग कूटनीतिक पहल नगरेको भन्द भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके-नेपालले बिहीबारदेखि अनशन बस्ने चेतावनी दिएको छ।
भुतपुर्व गोर्खाहरू बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आमरण अनसन बसेको १२औं दिन पुग्दासमेत बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै अनशन बस्ने चेतावनी दिइएको हो।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले अनशनरतहरूको अवस्था, भावी रणनीतिलगायत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो।
भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अध्यक्ष लालबहादुर घिसिङ (एलबी) ले १८ अगस्ट (आज) सम्म नेपाल र बेलायत सरकारबाट सकरात्मक पहल नगरे नेपालका नागरिक समाज, मानव अधिकारवादी, कानुनविद, बौद्धिक व्यक्तित्वहरुको साथ र सहयोग लिएर काठमाडौंमा भोलिबाटै विरोध ¥यालीलगायत अनशन र अन्य कार्यक्रमहरु सुरु गर्ने चेतावनी दिए।
ू
उनले भोलि माइतीघर बाट ११ बजेदेखि भद्रकाली हुँदै रिले अनसन सुरु हुने जानकारी दिए। उनले १८ वर्ष नाघेका सन्तानलाई आवासीय सुविधा, निःशुल्क औषोधोपचार, समान पेन्सन र क्षतिपुर्तिलगायतका विभिन्न पाँच सूत्रीय माग राखी आमरण अनसनमा बसेको बताए।
उनले साथीहरुको ज्यान जोखिममा परेको अवस्थामा सरकारले कूटनीतिक पहल गर्नुपर्ने बता । उनले पानी मात्र खाएर अनसन बसेका ज्ञान बहादुर राईको अवस्था अत्यन्तै गम्भिर रहँदासमेत सरकारले समस्या समाधान गर्न कुनै पहल नगरेको देख्दा उदेक लागेको बताए।
उनले आफुहरुको माग पुरा गर्न बेलायत सरकारसमक्ष वार्ता गर्न उच्चस्तरीय समिति गठन गरी वार्ताको मिति तोक्न सरकारसँग जोडदार माग गरे।
यसको साथै उनले यो मुद्दा राष्ट्रिय मुद्दा भइसकेको भन्दै सम्पुर्ण नेपालीहरुले यसलाई समाधान गर्न आ–आफ्नो स्थानबाट पहल गर्न कार्यक्रममा सहभागी भइदिन पनि आग्रह गरे।
अगस्ट २१ जुलाई २०२१ बाट लण्डनमा प्रधानमन्त्रीको कार्यालयमा अगाडी २४ घन्टे अनशन सकेर ७ अगस्टबाट समितिका तीजना सदस्यहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा अनिश्चितकालीन आमरण अनशन बसेको पनि १० दिन पुगेको उनले बताए।
भूतपूव ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव शेरबहादुर घिसिङले बिहीबारबाट ठुलो दोस्रो अनशन हुने बताए।
अनशनरत एक जना धनराज गुरुङको अवस्था गम्भीर रहेको भन्दै नेपाल सरकारले समकक्षी लन्डन सरकारलाई लिखित आग्रह गरेको भए यस्तो स्थिति नआउने जिकिर गरे। ‘सरकारले वास्ता नगरेको कारण आज हामी अनसन बस्न बाध्य भयौं,’ उनले भने । उनले रोजगारीभन्दा राष्ट्रियता ठुलो नभएको पनि धारणा राखे।











