पुनर्निर्माण प्राधिकरणको ओखलढुंगा कार्यालयका सब–इञ्जिनियर पासवानविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, भदौ २ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियरविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।प्राधिकरणको करार सेवामा रही ओखलढुंगामा कार्यरत सब–इन्जिनियर...
काठमाडौं, भदौ २ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियरविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
प्राधिकरणको करार सेवामा रही ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवानविरूद्ध अख्तियारले बुधबार काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए।
३० हजार बिगो रकम कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग ३० हजार घुस माग गरेको अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता रिमालले बताए।
अनुसन्धानको क्रममा उनले घुस लिएको पुष्टि भएपछि अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले उनीसँग ३० हजार बिगो कायम गर्न माग गरेको छ। साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ।











