Kathmandu Press

चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं, भदौ २ : चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दक्षिणकाली...
चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं, भदौ २ : चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

दक्षिणकाली नगरपालिका वडा नम्बर ३ सोखेल बस्ने ४० वर्षीय समुन्द्रकेशर केसी र काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर २ घर भई काठमाडौंको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

उनीहरूले आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै चेक काटेर दिएका थिए। सो चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएका थिए।

सोही मुद्दामा अदालतले समुन्द्रकेशर केसीलाई १५ दिन कैद र ३० लाख जरिवाना सजाय सुनाएको थियो। श्यामप्रसाद धिनाजु श्रेष्ठलाई अदालतले ६ दिन कैद र १० लाख सजाय सुनाएको ब्युरोले जनाएको छ।

प्रहरीले उनीहरूको सजाय कार्यान्वयन गराउन काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा पेस गरेको छ।

 

प्रकाशित मिति: १७:१७ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्