Kathmandu Press

साफ च्याम्पियनसिपकाे तालिका सार्वजनिक

काठमाडौं, भदौ २ : आसन्न १३औं साफ च्याम्पियनसिप फुटबटल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्समा आयोजना हुनो प्रतियोगिताको तालिका...
साफ च्याम्पियनसिपकाे तालिका सार्वजनिक

काठमाडौं, भदौ २ : आसन्न १३औं साफ च्याम्पियनसिप फुटबटल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्समा आयोजना हुनो प्रतियोगिताको तालिका बुधबार सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनुसार नेपालले उद्घाटन खेलमा आयोजक माल्दिभ्सको सामाना गर्ने छ। नेपाल र माल्दिभ्सबीचको खेल मालेस्थित राष्ट्रिय स्टेडिममा हुने छ।

नेपालले दोस्रो खेल अक्टोबर ३मा श्रीलंकासँग खेल्ने छ। यस्तै, नेपालले भारतसँग अक्टोबर ८मा खेल्ने छ भने समूहको अनितम खेल बंगलादेशसँग अक्टोबर १२मा खेल्ने छ।

साफ च्याम्पियनसिपन आगामी अक्टोबर १ देखि १३सम्म माल्दिभ्समा आयोजना हुँदै छ। बंगलादेशले आयोजकबाट नाम फिर्ता लिएपछि अन्तिम अवस्थामा माल्दिभ्सले प्रतियोगिता आयोजनाको अवसर पाएको हो।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी ५ देश सहभागी हुन् । लिग चरणका शीर्ष दुई टिमले अक्टोबर १३मा उपाधिका लागि भिड्ने छन्।

प्रतियोगिताका लागि नेपाली टिमले विगत डेढ महिनादेखि तयारी गरिरहेको छ। उपाधिको लक्ष्य लिएको नेपाली टिम अहिले पोखरामा बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणमा २८ खेलाडी सहभागी छन्।

प्रतियोगिताकै तयारीका लागि नेपालले आगामी भदौ १७ र २० गते भारतसँग २ मैत्रीपूर्ण खेल खेल्दै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुनेछ।

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्