लुम्बिनी नगरपालिका प्रमुख चौधरीले छाडे महन्थलाई, जसपा बैठकमा उपस्थित
महन्थ ठाकुर–राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी उक्त समूह छाडेर जसपा नेपालको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।
काठमाडौं, भदौ २ : महन्थ ठाकुर–राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी उक्त समूह छाडेर जसपा नेपालको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
काठमाडौं कालिकास्थानमा मंगलबार जसपा नेपालको जारी दोस्रो दिनको केन्द्रीय बैठकमा चौधरी सहभागी भएका हुन् । ठाकुर–महतोले छुट्टै समूह बनाए पनि चौधरीले भने साविककै आधिकारिक जसपालाई रोजेका छन् ।
तत्कालीन राजपा नेपालका केन्द्रीय नेता चौधरी प्रदेश–५ अन्तर्गत हाल लुम्बिनी संस्कृतिक नगरपालिकाका मेयर पनि हुन् ।
स्थानीय तहको निर्वाचन ताका तत्कालीन राजपाले चुनाव बहिष्कार गरेपछि नेता चौधरीले स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १६:१२ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











