‘दार्चुला घटनामा छानबिन हुनुपर्छ, कूटनीतिक रूपमा सीमा समस्या हल गर्नुपर्छ’
काठमाडौं, भदौ २ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. दिनेश उपाध्यायले दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीले तुइन काटिदिएको कारण...
काठमाडौं, भदौ २ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. दिनेश उपाध्यायले दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीले तुइन काटिदिएको कारण बेपत्ता भएको घटनामा छानबिन हुनुपर्ने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा दार्चुला घटनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै डा. उपाध्यायले भने, ‘यसमा छानबिन हुनुपर्छ ।’
उनले भारतले नेपालमा नाकाबन्दी नलगाएको पनि दाबी गरे। उनले भने, ‘त्यतिबेला म यहाँ (नेपाल) आएको थिएँ। तर, बोर्डरमा आन्दोलन थियो। नाकाबन्दी भारत सरकारले गरेको थिएन ।’
उनले नेपाल र भारतबीच खुला सिमाना रहेकाले अलिअलि समस्या हुनु स्वाभाविक भएको बताए। तर, दुई देशबीचका सिमा विवाद पनि कूटनीतिक माध्यमबाट समाधान हुनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘नेपाल र भारतबीच ठूलो सीमा छ। नेपालसँग त हाम्रो हृदयको सम्बन्ध छ।’
प्रकाशित मिति: १६:०९ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











