धर्ममाथि राजनीति गर्न नहुने भाजपा नेता डा. उपाध्यायको भनाइ
काठमाडौं, भदौ २ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. दिनेश उपाध्यायले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताएका छन्।त्यसका लागि जनमतसंग्रह गरिनुपर्नेमा...
काठमाडौं, भदौ २ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. दिनेश उपाध्यायले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताएका छन्।
त्यसका लागि जनमतसंग्रह गरिनुपर्नेमा उनले जोड दिएका छन्। उनले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको टिप्पणी पनि गरेका छन्।
बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने बताए। उनले हिन्दूराष्ट्र र राजसंस्था राजनीतिक विषयभन्दा अलग विषय भएको स्पष्ट पारे।
‘राजसंस्था र हिन्दूराष्ट्र राजनीतिभन्दा अलग विषय हुन्। हिन्दूराष्ट्रको विषयमा जनमतसंग्रह हुनुपर्छ,’ उनले भने । यो नेपालको आन्तरिक विषय भएकाले भारतले हस्तक्षेप जगर्ने उनको भनाइ थियो।
प्रकाशित मिति: १५:५८ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











