Kathmandu Press

सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

सुर्खेत, भदौ २ : कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ। सात कर्मचारीमा सङ्क्रमण र अन्य कर्मचारी टे«सिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ। 

कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरु आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए। यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ। ‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो सङ्ख्यामा कर्मचारीहरुमा सङ्क्रमण देखियो,’ उनले भने, ‘सङ्क्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो सङ्ख्या बढ्न सक्छ ।’ 

सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ। प्रदेश राजधानी भएकाले यहाँ जग्गा खरिदबिक्रीको कारोबार बढी हुने गरेको हो।
 

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्