Kathmandu Press

राजनीतिक दलसम्बन्धी अध्‍यादेशप्रति मानव अधिकार तथा शान्ति समाजकाे आपत्ति

काठमाडौं, भदौ २ : मानव अधिकार तथा शान्ति समाजले बुधबार जारी राजनीतिक दलसम्बन्धी (दोस्रो संसोधन) अध्‍यादेशप्रति आपत्ति जनाएको छ।समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले...
राजनीतिक दलसम्बन्धी अध्‍यादेशप्रति मानव अधिकार तथा शान्ति समाजकाे आपत्ति

काठमाडौं, भदौ २ : मानव अधिकार तथा शान्ति समाजले बुधबार जारी राजनीतिक दलसम्बन्धी (दोस्रो संसोधन) अध्‍यादेशप्रति आपत्ति जनाएको छ।

समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी सो अध्‍यादेशप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरे लगत्तै सरकारले, राजनीतिक दलहरुको विभाजनलाई बढावा दिने गरी अध्यादेश जारी भएकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएके छ।

समाजले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीको जस्तै गल्ती दोहोर्‍याको पनि बताएको छ।

ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ वैशाखमा राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउँदा पनि शान्ति समाजले त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै निन्दा एवं भर्त्सना गरेको उल्लेख गर्दै अहिले पनि देउवा नेतृत्वको संयुक्त सरकारले पनि सोही कार्य दोहोर्याउँदै लोकतन्त्र विरोधी काम गरेको बताइएको छ।

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्