बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा, भदौ २ : बाराको परवानीपुर गाउँपालिका–४ मा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
ना ४ च ३४३२ नम्बरको गाडीले ना २१ प १८३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा टोलका ३८ वर्षीय राजेश रामको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका रामको नारायणी बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएककी मोटरसाइकलमा सवार उनकै छोरी १९ वर्षीया ममता कुमारी र १३ वर्षीया मुस्कान कुमारीको सोही अस्पतालमा उपचार भइरहेको छ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रकाशित मिति: १४:०५ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











