६ लाख पर्ने सुनका गहना र भन्सार छलीको मोटरसाइकलसहित ३ जना पक्राउ
बर्दिया, भदौ २ : बर्दियाको गुलरियाबाट प्रहरीले ६ लाख ४८ हजार मुल्य पर्ने ८६ दशमलव ६४ ग्राम सुनका गहना र भन्सार छलीको स्कुटर बरामद...
बर्दिया, भदौ २ : बर्दियाको गुलरियाबाट प्रहरीले ६ लाख ४८ हजार मुल्य पर्ने ८६ दशमलव ६४ ग्राम सुनका गहना र भन्सार छलीको स्कुटर बरामद गरेको छ।
बिल नभएको सुनका गहना र भन्सार छलीको मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ बस्ने दिपेन्द्र सिंह ऐर, अशोक लोध र गुलरिया–८ घर भएका हरिलाल मल्लाह छन्।
दिपेन्द्र र अशोक सवार लु।६२प ६२२६ नम्बरको स्कुटरमा सुनका गहना फेला परेको थियो। उनिहरुलाई स्कुटर सहित थप अनुसन्धान र कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
मंगलबार गुलरिया नगरपालिका–६ स्थित भन्सार रोडमा हरिलाल मल्लाह १ लाख ४० हजार मुल्य पर्ने बजाज प्लाटिनम मोटरसाईकल सहित पक्राउ परेका थिए। भन्सार छलेर ल्याएको सो मोटरसाइकल सहित उनलाई राजापुर भन्सार कार्यालयमा बुझाइएको जिप्रका बर्दियाले जनाएको छ।











