तास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं, भदौ २ : प्रहरीले तास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामाबगर बस्ने ३० वर्षीया मुना बुढाथोकीको...
काठमाडौं, भदौ २ : प्रहरीले तास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामाबगर बस्ने ३० वर्षीया मुना बुढाथोकीको घरमा तास खेलिरहेको अवस्थामा बुढाथोकी लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७० हजार ४ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १३:४७ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











