Kathmandu Press

प्रा.डा. वाग्लेद्वारा अक्षय छात्रवृत्ति कोष स्थापना

तनहुँ, साउन ३२ : व्यास नगरपालिका-२ निवासी प्राध्यापक डा. ईश्वरचन्द्र वाग्लेले आफ्ना मातापिताका नाउँमा १ लाख ५१ हजार १ सय ११ को अक्षय...
प्रा.डा. वाग्लेद्वारा अक्षय छात्रवृत्ति कोष स्थापना

तनहुँ, साउन ३२ : व्यास नगरपालिका-२ निवासी प्राध्यापक डा. ईश्वरचन्द्र वाग्लेले आफ्ना मातापिताका नाउँमा १ लाख ५१ हजार १ सय ११ को अक्षय छात्रवृत्ति कोष स्थापना गरेका छन्। 

व्यास-१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यपक डा. वाग्लेले मातापिता केशव-पार्वतीका नाउँमा उक्त कोष स्थापना गरेको हो।

उनले यसअघि छात्रवृत्ति कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेकामा मंगलबार पुनः ४० हजार थप गरी उक्त रकम बराबरको कोष पुर्याएको हुन्। 

विगतमा २७ वर्ष सोही क्याम्पसमा नेपाली विषयको अध्यापन गरी अवकाश लिएका प्राध्यापक डा. वाग्लेले क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान् श्रेष्ठमार्फत क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई रकम हस्तान्तरण गरे।

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्