सञ्चारमाध्यममा आएका समाचारप्रति प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण

काठमाडौं, भदौं १ : विभिन्न सञ्चारमाध्यममा केहि समयदेखि भारतबाट चोरी ल्याएको सुन र नगद रकम डोटीमा बरामद भएको घटनाको बिषयमा प्रकाशित समाचारप्रति प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको कार्यालयले एक बिज्ञप्ति जारी गर्दै उक्त बरामद भएको सुन र नगद रकम जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरी प्रधान कार्यालयसँग आवश्यक समन्वय गरी स्थापित कानुनसम्मत विधी र प्रकृया अवलम्वन गरी भारतीय दुतावास काठमाडौंका प्रतिनिधिको समन्वय र रोहवरमा कानुन बमोजिम कुटनीतिक कार्यविधि र प्रकृया पुरा गरी प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाबाट सम्बन्धित पीडितको अख्तियारनामा लिई आवश्यक कारबाहीका लागि नेशनल सेन्टर ब्युरो दिल्लीको समन्वयनमा मुम्बई प्रहरीका आधिकारीक प्रतिनिधिलाई जिम्मा लगाई पठाईएको जानकारी गराएको छ ।
यस्तै यस्ता भ्रामक र तथ्यहीन समाचारको भ्रममा नपर्न समेत अनुरोध गरेको छ ।
.jpg)











