Kathmandu Press

महामारीविरुद्ध लड्न लिथुवेनियाको सहयोग

काठमाडौं, भदौं १ : कोरोना महामारीविरुद्ध लड्न युरोपेली सङ्घको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको स्वास्थ्य उपकरण तथा सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण...
महामारीविरुद्ध लड्न लिथुवेनियाको सहयोग

काठमाडौं, भदौं १ : कोरोना महामारीविरुद्ध लड्न युरोपेली सङ्घको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको स्वास्थ्य उपकरण तथा सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

सत्तरी लाख रुपैयाँ बराबरका पाँचवटा भेन्टिलेटर र २० अक्सिजन कन्सन्ट्रेटर आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो। हालसम्म लिथुवेनियासहित सङ्घका १३ सदस्य राष्ट्रले नेपाललाई एक अर्ब ७० करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री सहयोग गरेका छन्। नेपाल सरकारको सहायताको अपिललाई दृष्टिगत गर्दै स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क, आयरल्यान्ड, इटाली र हङ्गेरीले स्वास्थ्य उपकरणसहितसहयोग गरेका हुन्।

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्