Kathmandu Press

भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही

काठमाडौं, भदौं १ : नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्डविपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ। विभागले सोमबार...
भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही

काठमाडौं, भदौं १ : नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्डविपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ। 

विभागले सोमबार गरेको नमूना परीक्षणमा भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित पीपीसी सिमेन्ट नेपाल गुणस्तर मापदण्डविपरीत पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ।  विभागले कपिलवस्तु कृष्णनगरका स्थानीय रमाकान्त चौधरीको गुनासोपछि सिमेन्ट परीक्षण गरेको थियो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले तोकेको गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर कम आएकाले कारबाही गरिएको जानकारी दिए। ‘सिमेन्टको तीन दिनको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा १६ एमपीए आउनुपर्नेमा नौ एमपिए र सात दिनको भारवहन क्षमता परीक्षण गर्दा २२ एमपिए आउनुपर्नेमा १५ एमपिएमात्र आएकाले बिक्री वितरण रोक्का गरी स्पष्टीकरण सोधेका हौँ,’  उनले भने। विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ तथा नियमावली २०४० बमोजिम पीपीसीको बिक्री वितरणमा रोक लगाई स्पष्टीकरण माग गर्नुका साथै बिना मूल्य गुनासोकर्तालाई सामान बदली गराइदिन निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्