Kathmandu Press

थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

काठमाडौं, भदौ १ : पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१२४ जनाको एन्टिजेन र ११५६५ जनाको पिसिआर परिक्षण गरिएकोमध्ये एन्टिजेनमा ८१८ जना र पिसिआरमा २४५६जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १९२९ जना निको भएका छन् । 

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्