टि–२० विश्वकपको तालिका सार्वजनिक
काठमाडौं, भदौ १ : अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ। युएई र ओमान संयुक्त रुपमा आयोजना हुन लागेक टि–२० विशवकप अक्टोबर...
काठमाडौं, भदौ १ : अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ। युएई र ओमान संयुक्त रुपमा आयोजना हुन लागेक टि–२० विशवकप अक्टोबर १७ बाट २४ सम्म आयोजना हुनेछ।
विश्वकपको पहिलो राउण्डको खेल १७ देखि २२ अक्टोबरसम्म हुनेछ भने दोस्रो राउण्ड अर्थात सुपर १२का खेल २३ अक्टोबरबाट सुरु हुने छ।
टि–२० वरियताका शीर्ष ८ टिम सिधै सुपर १२मा पुगेका छन्। पहिलो राउण्डका ८ टिमका ४ टिम सुपर १२मा पुग्ने छन्।
पहिलो राउण्डको समूह एमा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड र नामिबिया छन् भने समूह बीमा बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान छन्।
यस्तै सुपर १२को ग्रुप १मा अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज छन् भने पहिलो चरणको समूह एको विजेता र समूह बीको उपविजेता पनि यही समूहमा हुने छन्। यस्तै समूह २मा भारत, पाकिस्तान, अफगानिस्तान र न्यजिल्यान्ड छन् । यो समूहमा पहिलो राउण्डको समूह एको उपविजेता र समूह बीको विजेता पनि हुने छन्।
सुपर १२का एउटै समूहमा रहेका एसियाका दुई ठूलो प्रतिद्वन्द्वी टिम भारत र पाकिस्तान समूहको पहिलो खेलमै भिड्ने भएका छन्। यो खेल दुबईमा अक्टोबर २४मा हुने छ। सुपर १२को पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भीड्ने छन् । यो खेल अबुधाबीमा हुने छ। प्रतियोगिताका सेमिफाइनल र फाइनल दुबईमा हुने छ।




-1789386172.jpg)






