Kathmandu Press

विश्व शर्मा र आश्मा गिरी फिचर्ड ‘सपनीमा’ सार्वजनिक 

काठमाडौं, भदौ १ : गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ‘सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  अनिल कुँवरले बिट...
विश्व शर्मा र आश्मा गिरी फिचर्ड ‘सपनीमा’ सार्वजनिक 

काठमाडौं, भदौ १ : गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ‘सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ।  म्युजिक भिडियोमा विश्व शर्मा र आश्मा गिरी फिचर्ड छन्।  

अनिल के मानन्धरले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। बिभोर पोखरेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  मोडल शर्माको आधिकारिक च्यानल ‘विश्व शर्मा’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

हाल अमेरिकामा रहेका मोडल शर्माले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्