Kathmandu Press

भक्तपुर दूधपाटीमा नेपाल बैंकको सेवा सुरु

काठमाडौं, भदौ १ : नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले दूधपाटीमा आजदेखि सेवा विस्तार गरेको छ। भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवा सुविधालाई ध्यान दिँदैे...
भक्तपुर दूधपाटीमा नेपाल बैंकको सेवा सुरु

काठमाडौं, भदौ १ : नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले दूधपाटीमा आजदेखि सेवा विस्तार गरेको छ। भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवा सुविधालाई ध्यान दिँदैे सेवा विस्तार गरिएको जनाइएको छ।  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवाको शुभारम्भ गदै स्वदेशी लगानीलाई प्रोत्साहन गर्न आग्रह गरे। भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा कृष्णप्रसाद पोखरेलले बैंकको सेवा विस्तारले नगरका पश्चिम भेगका जनताले सरल र सहज रुपमा बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे।

नेपाल बैंक वाग्मती प्रदेश प्रमुख निरुजा श्रेष्ठले दूधपाटी काउन्टरको विस्तारसँगै भक्तपुरमा तीन शाखा र चार काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताए।कार्यक्रममा नेपाल बैंक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैल र सहायक प्रमुख दीपा पनेरुले भक्तपुरमा थप दुईदेखि तीन शाखा विस्तार गर्ने योजनाका साथ कार्य अघि बढिरहेको जानकारी दिए।
 

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्