Kathmandu Press

ब्रिटिस गोर्खा भूपू सैनिकको आन्दोलनमा १२ संघसंस्थाको ऐक्यबद्धता

आदिवासी जनजातिहरूका १२ वटा संघसंस्थाले ब्रिटिस गोर्खा भूपू सैनिकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्।
ब्रिटिस गोर्खा भूपू सैनिकको आन्दोलनमा १२ संघसंस्थाको ऐक्यबद्धता

काठमाडौं भदौ १ : आदिवासी जनजातिहरूका १२ वटा संघसंस्थाले ब्रिटिस गोर्खा भूपू सैनिकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

बेलायती गोर्खा भूपू सैनिकहरू समान पेन्सन र अन्य सुविधाको मागसहित दुई सातादेखि बेलायती प्रधानमन्त्री कार्यालय अगाडि ‘रिले अनसन’मा हुँदै ‘आमरण अनसन’मा छन् ।

गोर्खा संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले आमरण अनसनमा छन् । उनीहरूको स्वास्थ्य नाजुक बन्दै जाँदै सरकारले ध्यान दिन नसकेको ती संघसंस्थाको आरोप छ ।

उनीहरू ३२ वर्षदेखि समानता र न्यायको मागका साथ संघर्ष गर्दै आएका छन् । बेलायती सरकारको लापरवाही र हेलचेक्र्याइँका कारण वर्षौँदेखि थाती रहेको मुद्दालाई समाधान गर्न नेपाल सरकारले कूटनीतिक वार्ता गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको मागका सम्बन्धमा कूटनीतिक पहल थाल्ने निर्णय लिएको छ ।

प्रकाशित मिति: १३:४० बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्