Kathmandu Press

काठमाडौंबाट १८ किलो गाँजासहित एक जना पक्राउ 

काठमाडौं, भदौ १ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट प्रहरीले १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२...
काठमाडौंबाट १८ किलो गाँजासहित एक जना पक्राउ 

काठमाडौं, भदौ १ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट प्रहरीले १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

थलीस्थित मिलनचोकमा डेरामा बस्ने राईले लागु औषध गाँजाको कारोबार गरेको सुचनाको आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले सोमबार उनलाई पक्रेको हो। उनीमाथि वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्