मेलम्चीका बालबालिकालाई आपत्कालीन सहयोग
सिन्धुपाल्चोक, भदौ १ : मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमाबार आपत्कालीन सहयोग उपलब्ध गराइएको छ।विश्व शिक्षा, तेरी देश होम र महिला आत्मनिर्भरता केन्द्रको साझेदारी र वडा...
सिन्धुपाल्चोक, भदौ १ : मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमाबार आपत्कालीन सहयोग उपलब्ध गराइएको छ।
विश्व शिक्षा, तेरी देश होम र महिला आत्मनिर्भरता केन्द्रको साझेदारी र वडा नं ८ को संयोजनमा उक्त वडाभित्रका १७ बालबालिकालाई घरघरमा पुगी सहयोग वितरण गरिएको वडाध्यक्ष ठङ्कराज गिरीले जानकारी दिए।
कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्याकङ्न अधिकृत ध्रुव सापकोटाले बताए।
केन्द्रले गत जेठमा टोलटोलमा पुगी सर्भेक्षण गरेर पहिचान भएका बालबालिकालाई सहयोग गरिएको संस्थाका सामाजिक परिचालक सृष्टि नेपालीले जानकारी दिए। यसैगरी सोमबार नै अन्य वडाका चार बालबालिकालाई पनि उक्त सहयोग गरिएको थियो।
प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











