झापामा तीन गुणाले बढे सवारी दुर्घटना
दमक भदौ १ : पछिल्लो समय झापामा सवारी दुर्घटना अत्यधिक बढेको छ।कोरोना भाइरसको महामारीबीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा दुर्घटना...
दमक भदौ १ :निषेधाज्ञाकाे समयमा पनि झापामा सवारी दुर्घटना अत्यधिक बढेका छन्।
कोरोना भाइरसको महामारीबीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए।
झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको खड्काले जानकारी दिए।
आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए। त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढेको प्रहरीको भनाइ छ। यससँगै मदिरा सेवन र जथाभावी सवारी हाक्दा पनि दुर्घटना भएको पाइएको छ। धेरै जसो दुईपांग्रे सवारी साधन दुर्घटनामा परेका छन्।











