Kathmandu Press

सुमधुर स्वरका धनी प्रताप दास अभिनयमा पनि अब्बल (भिडियो सहित)

काठमाडौं, साउन ३२ : आर्टमाण्डुको नयाँ गीत बाफ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।सुजन चापागाईं र विद्या तिवारीको स्वरमा रहेको गीतको भिडियोमा...
सुमधुर स्वरका धनी प्रताप दास अभिनयमा पनि अब्बल (भिडियो सहित)

काठमाडौं, साउन ३२ : आर्टमाण्डुको नयाँ गीत बाफ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुजन चापागाईं र विद्या तिवारीको स्वरमा रहेको गीतको भिडियोमा चर्चित गायक प्रताप दास मोडल सिल्पा थापा सँगै अभिनयमा देखिएका छन् । पुर्वी नेपालको बोर्डरका पात्रहरुको आर्थिक र सामाजिक जीवनस्तर अनि सँगै हुर्किएको माया प्रेम भिडियोमा देखाइएको छ ।

Hardik ivf

ह्याण्डसम गायक प्रताप अभिनयमा निकै जमेका छन् । नवीन चौहानले निर्देशन गरेको भिडियो अनिश श्याङ्देनले खिचेका छन् । प्रताप र सिल्पाको कहानीमा कथाको घुमेको छ, उनीहरु आफ्नो बाल्यकाल देखि हँसिलो र रमाईलो विभिन्न क्षणहरु बांड्दै हुर्कन्छ्न् ।

जव उनीहरु जवान हुदै जान्छन्, उनीहरु एक अर्काको लागी आफ्नो मनपर्ने महसुस गर्छन् तर आफ्नो महत्वाकांक्षालाई पछ्याउने क्रममा उनिहरु अलग हुन पुग्छन् । 

प्रकाशित मिति: १९:३५ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्