मृत अवस्थामा चारजना फेला
काठमाडौं, साउन ३२ : काठमाडौं, सुनसरी, चितवन र रुपन्देहीमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।काठमाडौं महानगरपालिका–१६ माछापोखरी हिमालय सपिङ सेन्टर पछाडी रौतहत मौलापुर नगरपालिका–७...
काठमाडौं, साउन ३२ : काठमाडौं, सुनसरी, चितवन र रुपन्देहीमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी हिमालय सपिङ सेन्टर पछाडी रौतहत मौलापुर नगरपालिका–७ घर भई काठमाडौं गोंगबु बस्ने ३५ वर्षीय रामदेव राय यादव सोमबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–४ धनपुरी नयाँपुलस्थित चतरा जुम्का नहरको छेउमा सोही नगरपालिका–३ बस्ने ६६ वर्षीया दुर्गामाया राउत सोमबार मृत अवस्थामा फेला परेकी छन्।
चितवनको भरतपुर महानगरपालिका–३ लाईन्स चोकस्थित शुभम् पेट्रोल पम्म अगाडि हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।
रुपन्देहीको शुद्धोधन गाउँपालिका बेतानीस्थित नहरमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











