कम्बोडिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं, साउन ३२ : कम्बोडिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज...
काठमाडौं, साउन ३२ : कम्बोडिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी विभिन्न ६ जना पीडितहरूबाट ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उक्त महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १८:०६ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











